Tamang Times

नेपाल सम्पदा संघको ३७औं वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न।

तामाङ टाइम्स, भाद्र ९ गते २०८० शनिवार


नेपाल सम्पदा संघको ३७औं वार्षिक साधारण सभा कार्यक्रम,नेपाल हस्तकला महासंघको बैठक हलमा सम्पन्न भएको छ।
उक्त साधारण सभा कार्यक्रम नेपाल सम्पदा संघको अध्यक्ष श्री अम्विका श्रेष्ठ ज्युको सभापति ,प्रमुख अतिथी श्री चिरि बाबु ,महर्जन( ललितपुर महानगरपालिकाको मयेर )विशेष अतिथि श्री शौभाग्य प्रधानाङ्ग, संघको पदाधिकारीहरु ,अतिथि पाउनाहरु, आजिवन सदस्य महानुभावहरुको उपस्थितिमा सौह्दपुर्ण वातावरणमा सम्पन्न भएको थियो।
साथै नेपाल सम्पदा संघको तर्फबाट ललितपुरका मयेर श्री चिरिबाबु महर्जनलाई सम्पदा संघको विधान अनुसार प्रथम “मानार्थ सदस्य” प्रमाण-पत्र प्रदान गर्नुको साथै आजीवन सदस्यता प्राप्त गर्नु हुने महानुभावहरुलाई प्रमुख अतिथि बाट प्रमाण-पत्र प्रदान गरिएको थियो ।आजको कार्यक्रम बन्द सत्रमा ,संघको महा-सचिव श्री प्रकाश दर्नाल ज्युबाट वार्षिक प्रतिवेदन प्रस्तुति गर्नु भएको थियो भने संघको कोषाध्यक्ष डा. चूडादेव सिंह लामा ज्युबाट वित्तिय प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
आजको यस कार्यक्रम संचालन संघको कार्यसमिति सदस्य श्री दिलेन्द्र श्रेष्ठ ज्यु, स्वागत मन्तव्य संघको उपाध्यक्ष श्री धर्मराज शाक्य,धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष श्री प्रतिमा पाण्डे ज्युबाट र अध्यक्ष श्री अम्विका श्रेष्ठ ज्युबाट मन्तव्य राख्नु भई आजको कार्यक्रम विसर्जन गर्नु भएको थियो ।


आजीवन सदस्यता प्राप्त गर्नु हुने महानुभावहरुको नामवली विवरण।


१. श्री शौभाग्य प्रधानाङ्ग – भक्तपुर
२. श्री नेत्रदेव सिंह लामा – बालुवाटार-४
काठमाण्डौं
३. श्री चन्द्रश्याम डंगोल-भैंसीपाटी,ललितपुर
४. श्री श्याम सुन्दर राजवंशी-सोल्टीमोड
काठमाण्डौं
५.श्री निरण कुमार राजवंशी-कालिमाटी
काठमाण्डौं
६.श्री सरस्वती सिंह-सानेपा ललितपुर
७.श्री प्रतिमा रंन्जित-ज्वागल ललितपुर
८.श्री विमला शाक्य – भक्तपुर
९. श्री विजय कडेंल- बालुवाटार काठमाण्डौं
१०.श्री मोहन व्यन्जनकार-च्यासल ललितपुर

Leave a Comment

Your email address will not be published. Required fields are marked *