Tamang Times

भगवती पाण्डेलाई पक्राउ गर्न माग राख्दै तामाङ कलाकारले घेरे प्रहरी कार्यालय, टेकुमा तनाव

आन्दाेलन गर्न पुगेका तामाङ कलाकारहरुले  परिसरकाे कार्यालय घेरेपछि स्थिति तनावग्रस्त बनेकाे छ । प्रर्दशनका क्रममा प्रहरीले आन्दोलनकारीमाथि दमन गरेको छ भने कतिपय आन्दोलनकारीलाई नियन्त्रणमा पनि लिएको छ ।

प्रहरीले आन्दोलनकारीमाथि अश्रुग्यास पनि प्रहार गरेको र प्रहरीले दमन गरेको आन्दोलनकारीले जनाएका छन् ।

अधिवक्ता पाण्डेले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनीबीच विवाह हुने अभिव्यक्ति दिएकी थिइन् । उनीविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द पुनले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।

भगवती पाण्डेविरुद्ध जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा जाहेरी दर्ता भएको हो । पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले पाण्डेको खोजी जारी राखेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *